निफ्राको आईपिओ सबैलाई ५० कित्ता पर्ने

Jan Wed 2021 07:34:22

898 views

निफ्राको आईपिओ सबैलाई ५० कित्ता  पर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपिओमा हालसम्मकै उच्च संख्यामा आवेदन परेको छ ।   निफ्राको आइपिओमा आवेदनको अन्तिम दिन सम्ममा १५ लाख ५० हजार ९३ जनाको आवेदन परेको छ ।

माग कित्तालाई आवेदकको संख्याको भाग गरेर हेर्दा आवेदन दिने सबैको भागमा ४८ कित्ता सेयर पर्न जान्छ तर कतिपय आवेदकले ५० कित्ता भन्दा पनि कम संख्यामा आवेदन दिएको र कतिपय आवेदकको आवेदन पनि अस्विकृत हुन सक्ने भएकाले ५० कित्ता भन्दा बढि आवेदन दिने सबैको भागमा ५० कित्ता सेयर भाग पर्ने देखिन्छ ।