नेप्से हालसम्मकै उच्च बिन्दुमा तर बैंकिङ परिसूचक भने घट्यो

Jan Thu 2021 05:25:32

675 views

नेप्से हालसम्मकै उच्च बिन्दुमा तर बैंकिङ परिसूचक भने घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक  ३२ अंकले बढ्यो ।  नेप्से परिसूचक २ हजार ३ सय ७४ दशमलव ६४ अंकमा पुगेर बन्द भएको छ । जुन हाल सम्मकै उच्च हो ।

समग्रमा बजार बढे पनि बैंकको सेयर मूल्य भने घटेको छ। स्टान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, सानिमा, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सेञ्चुरी कमर्सीयल लगायतका बैंकहरुको सेयर मूल्य ओरालो लाग्यो । कृषि विकास बैंक, प्रभु बैंक लगायतको सेयर मूल्य बढ्दा पनि बढेन घट्दा पनि घटेन ।

अन्य क्षेत्रका लगानीकर्ताहरुले पनि कमाएका छन् । तर, बैंकिङ सेक्टरका लगानीकर्ताहरुले भने बिहीबार गुमाउनु पर्‍यो । सीमित केहि बाहेक अधिकांश बैंकको सेयर मूल्य घटेको छ । बैंकिङ परिसूचक बिहीबार ३ दशमलव ८३ अंकले घटेको छ ।

सबै क्षेत्र बढ्दा बैंकिङ चाहिँ किन घट्यो त भन्ने विषयमा विश्लेषकदेखि लगानीकर्तासम्म अचम्ममा छन् । सेयर विश्लेषक तथा पू्र्व बैंकर अनलराज भट्टराई अहिलेको बजार देखेर आफैं छक्क परेको सुनाउँछन् । अहिले बैंकिङ क्षेत्र घट्ने र अरु बढ्नुपर्ने खास कुनै कारण नरहेको उनले बताए ।