नागरिक स्टक डिलरलाई धितोपत्र कारोबारको अनुमति प्रदान

Jan Fri 2021 03:40:02

800 views

नागरिक स्टक डिलरलाई धितोपत्र कारोबारको अनुमति प्रदान

नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई  नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार गर्न अनुमति प्रदान गरेको छ ।
बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमति पत्रप्राप्त गरी धितोपत्रव्यापारीको कार्य सक्ने व्यवस्था समेटी गत वर्ष फागुनदेखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरेको थियो । साथै, नेपाल सरकारको बजेट बक्तव्यमा समेत पूँजीबजारमा संस्थागत लगानी अभिबृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको थियो ।उक्त पृष्ठभूमिमा नेपालको पूँजीबजारमा संस्थागतलगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजीबजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीलार्इ धितोपत्रव्यवसायी (धितोपत्रदलाल तथा धितोपत्रव्यापारी) नियमावली, २०६४बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपश्चात् बोर्डले धितोपत्र व्यापारीको कार्य संचालनगर्न अनुमति प्रदान गरेको हो ।