ग्रीन लाइफ हाइड्रोले माघको तेस्रो सातादेखि आईपीओ

Jan Fri 2021 11:43:50

1360 views

ग्रीन लाइफ हाइड्रोले माघको तेस्रो सातादेखि आईपीओ

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघको तेस्रो सातादेखि आईपीओ विक्री खुला गर्ने भएको छ । आईपीओ विक्री गर्नेभएसँगै कम्पनीले शेयर रजिष्ट्रार समेत नियुक्त गरेको छ । कम्पनीले माघदेखिनै लागू हुने गरी सानिमा क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब कम्पनीको शेयर सम्बन्धि सम्पूर्ण कार्य सानिमा क्यापिटलबाट हुनेछ ।

यस कम्पनीले रू. ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको हो । आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री गरिसकेको कम्पनीले स्थानियमा वितरण हुन नसकेको १६ लाख ९६ हजार ४०० कित्ता शेयर समेत सर्वसाधारणको विक्री गर्न लागेको हो । 

हाल संस्थापकतर्फबाट चुक्ताभएको पूँजी रू. १ अर्ब ४४ करोड रहेको छ । सर्वसाधारणलाई पनि शेयर विक्री गरेपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८० करोड पुग्नेछ । कम्पनीको अधिकृत पूँजी रू. २ अर्ब ५० करोड रहेको छ । यस कम्पनीले खानीखोला १ जलविद्युत आयोजना सञ्चालक गरिरहेको छ । 

नयाँ आयोजना निर्माणको क्रममा कम्पनीले दोलखाजिल्लामा ४० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।