एनसीसी बैंकमा विनोद चौधरीको ३५ करोड लगानी

Jan Fri 2021 11:48:39

1479 views

एनसीसी बैंकमा विनोद चौधरीको ३५ करोड लगानी

नविल बैंक र एनसीसी मर्जरको तयारीमा रहेको समाचारहरु प्रकाशित भईरहेको बेलामा चौधरीले ठूलो मात्रामा सेयर किनेका एनसीसी बैंक सम्बद्ध स्रोतले बताएको छ ।

नविल बैंकमा चौधरीको स्वामित्वमा रहेको एनबी इन्टरनेशनलको नाममा नविल बैंकमा ५० प्रतिशत सेयर रहेको छ भने सारिका, छोरा  निर्माण चौधरी सहित परिवार सदस्यको नाममा थप करिब ३ प्रतिशत सेयर रहेको छ ।

चौधरीले सेयर किन्दाको समयमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३१२ देखि ३६४ रुपैयाँ रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

चौधरीको कम्तिमा ३५ करोड रुपैयाँ एनसीसी बैंकको सेयरमा लगानी गरेको देखिन्छ ।