नेप्से ५० अंकले बढ्यो, ९ अर्ब बढीको कारोबार, १५ कम्पनीको शेयर सर्किट लेभलमा

Jan Sun 2021 06:11:28

861 views

नेप्से ५० अंकले बढ्यो,  ९ अर्ब बढीको कारोबार, १५ कम्पनीको शेयर सर्किट लेभलमा

काठमाडौं । यो हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार भएको छ । आइतबार मात्रै ५० दशमबल २० अंकले नेप्से वृद्धि भएको छ ।  आइतबार नेपाल  लाइफको ६६ करोड ८२ लाख ७३ हजार बराबरको शेयर खरिद विक्री भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ७९ लाख बराबरको शेयर खरिद विक्री भएको छ । 


आइतबार नेपाल टेलिकमको पनि ३१ करोड ८९ लाख बराबरको शेयर खरिद विक्री भएको छ । आइतबार १५ वटा कम्पनीको शेयर बढेर सर्किट लागेको छ ।  गुराँस लाइफ, ग्रामिण विकास लघुवित्त, पोखरा फाइनान्स, मिथिला लघुवित्त लगायतका कम्पनीहरुको शेयरमा सकारात्मक सर्किट लागेर बन्द भएका छन् ।