नेकपा विभाजनलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय

Jan Sun 2021 06:35:10

885 views

नेकपा विभाजनलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन प्रकृयाले नयाँ मोड लिएको छ । निर्वाचन आयोगले दुवै पक्षको माग दाबीलाई अस्वीकार गर्दै विभाजनलाई मान्यता नदिने निर्णय गरेपछि नेकपा विभाजनले नयाँ मोड लिएको हो । आज बसेको आयोगको बैठकले सो निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

उनले भने, ‘दुवै पक्षको मागदावी अनुसार अभिलेखमा संसोधन, परिवर्तन वा हेरफेर हुन सक्ने देखिएन । आयोगमा साविककै विवरण कायम रहेको जानकारी दुवै पक्षलाई दिने निर्णय भएको छ ।’ आयोगको निर्णयपछि अब दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ९प्रचण्ड० तथा महासचिव विष्णु पौडेल नेकपाको कागजी नेतृत्वमा कायम रहेका छन् ।