सरकारले १० अर्ब बराबरको अन्तरिक ऋण उठाउने

Jan Sun 2021 06:37:47

806 views

सरकारले १० अर्ब बराबरको अन्तरिक ऋण उठाउने

काठमाडौं । नेपाल सरकारले आन्तरिक १० अर्ब बराबरको अन्तरिक ऋण उठाउने भएको छ । ऋण उठाउनका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्र निष्काशन गर्ने सूचना प्रकाशित गरेको छ । उक्त ऋण पत्रको बोलकवोल प्रक्रियाबाट ७ वर्षे विकास ऋणपत्र २०८४ ‘ङ’ निष्काशन गर्न लागेको हो।

उक्त ऋणपत्र खरिदका  राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा माघ १३ गतेसम्म  गोप्य रुपमा बोलपत्र पेस गर्नु पर्नेछ । धितोमा राखी कर्जा समेत लिन सकिने सो ऋणपत्रको सावाँ २०८४ माघ १४ गते भुक्तानी दिने केन्द्रिय बैंकले जनाएको छ । खरिदकर्ताले न्यूनतम ५० हजारदेखि सोले निषेश भाग जाने गरी कुल निष्काशिततरकमका लागि आवेदन दिन सकिने छ । 

ऋणपत्र खरिद गर्न चाहने व्यक्ति वा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलकबोलको रुपमा मात्र भग लिन पाउने केन्द्रिय बैंकले जनाएको छ । केन्द्रिय बैंकवावाट इजाजत प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका संस्थाले अप्रतिस्पर्धी बोलवाल हुन पाउदैनन् । राष्ट्र बैंकले सो ऋणपत्र प्रतिस्पर्धीलाइ ८५ प्रतिशत अर्थात ८ अर्व ५० करोड र अप्रतिस्पर्धीलाइ १५ प्रतिशत १ अर्ब ५० करोड गरी छ्ट्याएको छ ।