नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुने संयुक्त राष्ट्रसंघको प्रक्षेपण

Jan Tue 2021 07:39:59

731 views

नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुने संयुक्त राष्ट्रसंघको प्रक्षेपण

काठमाडौं । ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदरको अनुमानसहित बजेट कार्यान्वयन भइरहेको चालु आर्थिक वर्षमा बहुपक्षीय दाता र सरकारको प्रक्षेपणबीच ठूलो अन्तर देखिएको छ । यस्तै अन्तरसहितको प्रक्षेपण संयुक्त राष्ट्रसंघले पनि गरेको छ ।

विश्वको आर्थिक अवस्थाबारे पछिल्लो रिर्पोट सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ऋणात्ममक हुने अनुमान गरेको हो । संयुक्त राष्ट्रसंघको प्रक्षेपण अनुसार सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर -०.१ प्रतिशतमा झर्नेछ । यसअघि विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा आव २०२०/२१ मा आर्थिक वृद्धिदर ०.६ प्रतिशत रहने अनुमान गरेको थियो । संयुक्त राष्ट्रसंघले एक कदम अगाडी बढ्दै यो वर्ष आर्थिक वृद्धिदर माइनसमा पुग्ने अनुमान गरेको हो ।

नेपालले आगामी आवमा भने ८ प्रतिशतको वृद्धिदर हासिल गर्न सक्ने अनुमान संयुक्त राष्ट्रसंघको छ ।

सन् २०२१ मा यस्तो रहने छ दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर

माल्दिभ्स : ९.९ प्रतिशत

भारत : ७ प्रतिशत

बंगलादेश : ५.१ प्रतिशत

अफगानिस्तान : ४.३ प्रतिशत

भुटान : ३.५ प्रतिशत

श्रीलंका : ३.१ प्रतिशत

पाकिस्तान : ०.५ प्रतिशत

नेपाल  : -०.१ प्रतिशत

दक्षिण एसियाको कुल: ६.९ प्रतिशत