महिला लघुवित्त वित्तिय संस्थाको आईपीओ आउँदै

Jan Thu 2021 05:46:33

933 views

महिला लघुवित्त वित्तिय संस्थाको आईपीओ आउँदै

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । सर्वसाधारणका लागि आईपीओ जारी गर्न यस लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति समेत पाइसकेको छ ।

बोर्डले दिएको जानकारीअनुसार गत ८ गते नै आईपीओ जारी गर्न संस्थाले स्वीकृति पाएको हो । संस्थाले प्रति सेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ । कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।