नेशनल हाइड्रोपावरले लाभांश वितरण गर्ने

Jan Fri 2021 06:02:05

1304 views

नेशनल हाइड्रोपावरले लाभांश वितरण गर्ने

काठमाडौं । नेशनल हाइड्रोपावरको वर्षौदेखि फसेको ६५ करोड रुपैयाँ उठ्ने भएको छ । नेशनल हाइड्रोपावर मुख्य प्रवद्र्धक रहेको सुनकोशी हाइड्रोपावर कम्पनीले गरेको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको अनुमति कम्पनीले लिन सक्ने भएपछि वर्षौदेखि फसेको रकम उठ्ने भएको हो । 

 यही वर्षदेखि नेशनल हाइड्रोपावर ऋणमुक्त रहने भएकाले ऋणको ब्याज तिर्न रकम प्रोभिजनिङ गर्नु पर्दैन । त्यसैले अर्को वर्षदेखि लगानीकर्तालाई लाभांश दिन सक्ने नेशनल हाइड्रोपावरले जनाएको छ ।