बजार पूँजीकरणमा नेपाल दुरसञ्चारको अग्रता : पुनर्बीमालाई नबिल बैंकले उछिन्यो

Jan Fri 2021 11:02:34

787 views

बजार पूँजीकरणमा नेपाल दुरसञ्चारको अग्रता :  पुनर्बीमालाई नबिल बैंकले उछिन्यो

काठमाडौं । नेपालको शेयर बजारको आकार अर्थात कुल बजार पूँजीकरण रकम रू। ३२ खर्ब ६६ अर्ब ७५ करोड ८० लाख २४ हजार कायम भएको छ । कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा नेपाल दुरसञ्चार कम्पनीको कायमै रहेको छ ।  कम्पनीको अन्तिम शेयरमूल्यरू १ हजार ३४८ कायम भएको छ ।यो साता नेपाल पुनर्बीमा कम्पनीलाई नबिल बैंकले उछिनेको छ । गत साता सर्वाधिक कुल बजार पूँजीकरण हुनेमा तेस्रो नम्बरमा रहेको नेपाल पुनर्बीमा कम्पनी यस वर्ष चौथोमा पुगेको छ । दोस्रोमा नेपाल लाइफ र तेस्रोमा नबिल बैंक रहेको छ ।नेपाल पुनर्बीमाको अन्तिम शेयरमूल्य बिहीवार रू। १ हजार ५२३ र नबिल बैंकको अन्तिम मूल्य रू। १ हजार १४५ कायम भएको छ । यी वाहेक सर्वाधिक बजार पूँजीकरण हुने दश कम्पनीभित्र नागरिक लगानीकोष, एनआईसी एशिया बैंक , ग्लोबल आइएमई बैंक, प्राइम कमर्सियल बैृंक , नेपाल इन्भेष्टमेण्ट बैंक र शिवम् सिमेण्ट्स रहेका छन् ।