एनसेलसहित दुई दूरसञ्चार कम्पनी आईपिओ ल्याउने तयारीमा

Jan Sat 2021 05:56:56

938 views

एनसेलसहित दुई दूरसञ्चार कम्पनी आईपिओ ल्याउने तयारीमा

नेपालका तीन ठूला दूरसञ्चार कम्पनीले नेपालमा आईपिओ निष्काशन गर्ने तयारी थालेका छन् । बिशेषगरी नेपालकै सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेल सहित डिस मिडिया नेटवर्क(डिसहोम), तेस्रो ठूलो दूरसञ्चार कम्पनी वल्ड्रलिङ्क पनि सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएका हुन् ।

नेपालका साना तथा ठूला दूरसञ्चार कम्पनी पब्लिक कम्पनीमा जाने क्रममा छन् । नेपालमा दूरसञ्चार कम्पनीहरु अनगिन्ती भएपनि पब्लिक कम्पनीमा गएर आईपीओ निष्काशन गर्ने कम्पनीमा नेपाल टेलिकम एक्लो छ ।

पाँच करोड माथिका कम्पनीहरु पब्लिकरुपमा जान लागिसकेका छन भने केहि कम्पनी प्रक्रियामा छन् । तर, एनसेल,वल्ड्रलिङ्क,डिसहोम लगाएतका कम्पनीहरु भने आईपिओ निष्कासनमा जुटिसकेका छन् ।

१० करोड चुक्तापूँजी रहेको एनसेलले शेयर जारी गर्ने प्रक्रियामा अगाडी बढिसकेको बताएको छ । एनसेलका एक अधिकारीका अनुसार एनसेलले शेयर निष्काशनको बिषयमा धितोपत्र बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय गरिरहेको छ ।

त्यसैगरी नेपालकै तेस्रो ठूलो दूरसञ्चार कम्पनी वल्ड्रलिङ्कले पनि आईपिओ निष्काशन गर्न गृहकार्य सुरु गरेको छ । कम्पनीले गत केहि महिना अगाडी २५ औं बार्षिक उत्सव मनाउदै आईपीओ ल्याउने घोषणा गरेको थियो ।

कम्पनीका अध्यक्ष दिलिप अग्रवालले आईपीओका लागी कम्पनीले गृहकार्य सुरु गरेको र यसबारे नियामकसँग पनि समन्वय भइरहेको बताएका छन् ।

नेपालको भुक्तानी सेवाप्रदायकको रुपमा पायोनियर ई–सेवालेपनि आईपीओ ल्याउने तयारी गरेको छ । खासगरी कम्पनीले २०२५ सम्म सर्वसाधारणका लागी शेयर जारी गरिसक्ने बताएको हो ।

कम्पनीका संस्थापक विश्वास ढकालले प्रक्रियागत रुपमा इसेवाले अब सर्वसाधारणको लागि सेयर जारी गर्न छलफल प्रत्रिया अघि बढाइसकेको बताएका हुन ।