शेयर बजार ५४.७५ अंकले घट्यो, सबै समूह राताम्मे भए

Jan Sun 2021 06:13:05

840 views

शेयर बजार ५४.७५ अंकले घट्यो, सबै समूह राताम्मे भए

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन (आइतबार) राताम्मे भएको छ नेप्सेका अनुसार नेप्से ५४.७५ अंकले घटेर दुई हजार तीन सय ७० दशमलब ५४ विन्दुमा थामिएको छ भने झण्डै ९ अर्बको कारोबार भएको छ । यस्तै, कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूह राताम्मे भएका छन् ।   

नेप्सेका अनुसार आज बजार राताम्मे भए पनि तीन कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । आज शेयर मूल्यमा उच्च बृद्धि हुनेमा प्रभु लाईफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ ।