११ बैंकले कमाए अर्बभन्दा बढी नाफा, ग्लोबल सबैभन्दा अगाडि

Jan Sun 2021 06:18:42

822 views

११ बैंकले कमाए अर्बभन्दा बढी नाफा, ग्लोबल सबैभन्दा अगाडि

काठमाडौं । बैंकहरूले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासकोे वित्तीय विवरण सार्वजनिकभएकोछ ।  । वित्तीय विवरण सार्वजनिक गरेका १५ वाणिज्य बैंकमध्ये ११ वटा बैंकको नाफा अर्बभन्दा माथि छ भने ७ वटा बैंकले अर्बभन्दा कम नाफा गरेका छन् ।

सबैभन्दा बढी नाफा कमाएको ग्लोबल आईएमई बैंकको पनि वितरण योग्य मुनाफा कम छ । गत आर्थिक वर्षको सोही अवधिकोभन्दा नाफा बढाएका बैंकहरूमध्ये सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंक, एनआईसी एशिया र नबिल बैंकले कमाएका छन् । बैंकहरूको नाफा २ अर्बभन्दा बढी छ । 


एक अर्बभन्दा बढी नाफा कमाउने बैंक

गत आवकोभन्दा कम नाफा कमाएका नेपाल बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंकले नाफा  घटाएपनि अर्बभन्दा नाफा गरेर अर्बपतिको क्लबनै रहन सक्षम भएका छन् । यो अवधिमा नाफा बढाएर यो क्लबमा प्रवेश गरेको कुमारी बैंकले दोस्रो त्रैमाससम्म १ अर्ब २१ करोड ६५ लाख नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यो अवधिसम्म बैंकको नाफा ८० करोड ३० लाख रुपैयाँमात्र थियो । बैंकले यो अवधिमा उल्लेख्य प्रगति गरेको छ ।  प्रभु बैंकले पनि यो वर्ष उल्लेख्य नाफा कमाएको छ । बैंकले चालु आवको यो अवधिमा १ अर्ब ५१ करोड ८६ लाख नाफा गरेको छ भने गएको आवमा बैंकको नाफा १ अर्ब ८ करोड रुपैयाँमात्र थियो । 

प्रभु बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन बैंक, र सनराइज बैंकले गत आर्थिक वर्षको भन्दा बढी नाफा कमाएका छन् भने सानिमा बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, एनसीसी बैंकले पनि नाफा घटाएका छन् । कुमारी र प्राइम कमर्शियल बैंक, एनएमबी बैंकले योे उल्लेख्य प्रगति गर्दै अर्बपति क्लबमा उक्लिएको छ । 

पुस १८ सम्म वित्तीय विवरण प्रकाशित १६ बैंकहरूले जम्मा २३ अर्ब ६६ करोड ६८ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको यो अवधिमा यी बैंकहरूले २२ अर्ब ३० करोड ८७ लाख नाफा रुपैयाँ नाफा कमाएका थिए ।