शेयर खरिद विक्रीमा २५ प्रतिशत नगद दिनु पर्ने व्यवस्था नयाँ होइन, हल्लाको पछि नलाग्न नेप्सेको अनुरोध

Jan Sun 2021 06:22:09

790 views

शेयर खरिद विक्रीमा २५ प्रतिशत नगद दिनु पर्ने व्यवस्था नयाँ होइन, हल्लाको पछि नलाग्न नेप्सेको अनुरोध

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन काराबोर रकम भुक्तानी र धितोपत्र राफसाफ टि प्लस टु चक्रको सम्बन्धमा प्रष्ट् पारेको छ । बोर्डले आइतवार प्रेस विज्ञप्ती जारी गरी पछिल्लो समय मार्जिन रकम भुक्तानीका सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा आएको समाचारले लगानीकर्तामा द्विविधा सिर्जना भएको भन्दै हल्लाको पछि नलाग्न अनुरोध गरेको हो । शेयर खरिद आदेश कार्यान्वयन गर्दा कायम हुने रकमको कम्तिमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट नगदननै अग्रिम रुपमा लिनुपर्ने व्यवस्था नयाँ नभएर पुरानै रहेको बोर्डको भनाई छ । 

पूर्ण अनलाईन कारोबार प्रणाली लागू भएसँगै धितोपत्र खरिदका लागि न्यूनतम २५ प्रतिशत रकम अग्रिम रुपमा बुझाउनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थालाई कार्यान्वय गरे राफसाफ चक्र कार्यान्वयनमा पनि सहजता आउने हुदाँ सोही बमोजिम गर्न गराउन बोर्डले निर्देशन दिएको हो । यसले बजारलाई नकारात्मक भन्दा सकारात्मक प्रभाव पार्ने बोर्डको विश्वास छ । 

माघ ११ गतेदेखि लागू भएको धितोपत्र कारोबार राफसाफ तथा पछ्यौट चक्र टि प्लस टु मा हुनुपर्ने व्यवस्था बमोजिम कतिपय धितोपत्र दलाल व्यवसायीहरुले पालना नगरेको गुनासो लगानीकर्ताबाट आएकाले सो व्यवस्था कडाईका साथ पालना गर्न परिपत्र जारी गरेको बोर्डले प्रष्ट पारेको छ ।

धितोपत्र दलाल व्यवसायीहरुलाई पनि समयमै रकम भुक्तानी गर्न सहज होस भन्ने उदेश्यले मार्जिन रकम लिने व्यवस्थालाई पनि कडाईका साथ पालना गर्न नियामक निकायले धितोपत्र दलाल व्यवसायीहरुलाई परिपत्र गरेको हो ।

बोर्डले आइतवार बजार सम्बद्ध पक्षहरुसँग छलफल गरी धितोपत्र कारोबारलाई बैंक तथा निक्षे सदस्यसँग इन्टिग्रेशन गर्ने गरी उचित व्यवस्थापन निकट भविश्यमानै गर्ने सहमति जुटाएको जानकारी दिएको छ ।