बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त

Feb Mon 2021 08:43:28

1329 views

बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त

काठमाडौं । सरकारले लामो समयदेखि खालि रहेको बीमा समितिको अध्यक्षमा पूर्व सचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएको छ । मन्त्रीपरिषदको बैंठकले सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।  चिरञ्जीवी चापागाँईको ४ वर्षे सेवा अवधि सकिएर पनि एक महिना खालि रहेको समितिको अध्यक्ष पदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सिफारिसमा सिलवाललाई मन्त्रीपरिषदले नियुक्त गरेको छ ।