धितोपत्रबोर्डबाट १८ वटा संस्थाले लगानीकर्ताको स्वीकृति पाए

Feb Wed 2021 07:59:57

795 views

धितोपत्रबोर्डबाट १८ वटा संस्थाले लगानीकर्ताको स्वीकृति पाए

काठमाडौं । बुक विल्डिङ विधिमार्फत निष्कासन हुने शेयरमा लगानी गर्न १८ संस्थागत लगानीकर्ता थपिएका छन् । यस अघि ४६ संस्थागत लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएकोमा माघ २० गते थप १८ कम्पनीले स्वीकृति पाएका हुन । माघ २० गते स्वीकृति पाउनेमा भेन्चर क्यापिटल प्रा.लि , एभरेष्ट इन्स्योरेन्स कम्पनी लि., सायन होल्डिङ्ग कम्पनी प्रालि रहेका छन् । 

नागरिक लगानीकोष, नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड, नबिल ब्यालेन्स्ड फण्ड २, नबिल इक्वीटी फण्ड , एनएमबि क्यापिटल लिमिटेड, एनएमबि हाइब्रिड फण्ड एल–१, एनएमबि ५०, एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्सड् फण्ड, एनआईसी एशिया डायनामिक डेप्ट फण्ड, एनएमबि बैंक लिमिटेड, नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड, सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाल लिमिटेड, नागरिक स्टक डिलर कम्पनी लिमिटेड र सिटी एक्सप्रेस इन्भेष्टमेण्ट फण्ड प्रा.लि रहेका छन् ।

बुक विल्डिङ विधिमार्फत निष्कासित शेयरमा संस्थागत लगानीकर्ताको रुपमा सूचीकृत कम्पनी, सामूहिक लगानीकोष व्यवस्थापक, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानीकोष योजना , मान्यता प्राप्त अवकाश कोष , मर्चेण्ट बैंकर, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम रू. १० करोड भएका धितोपत्र लगानी गर्ने उदेश्यले स्थापित लगानी कम्पनीहरु रहन पाउने व्यवस्था बोर्डले गरेको छ ।