विभिन्न बैंकहरुको खाता नम्बर दिएर पैसा ठगी गर्ने व्यक्ति समातिए

Feb Mon 2021 08:28:28

1216 views

विभिन्न बैंकहरुको खाता नम्बर दिएर पैसा ठगी गर्ने व्यक्ति समातिए

झापा । अनलाईनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन ट्याक्स लाग्छ भन्दै विभिन्न बैंकहरुको खाता नम्बर दिएर पैसा ठगी गर्ने गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-९ स्थायी ठेगाना भएका २९ वर्षीय पंकज पौडेली विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा झापा बिर्तामोड नगरपालिका-२ चारपानेबाट पंकजलाई पक्राउ गरेको हो ।