सात जलविद्युत सहित ११ कम्पनीको शेयर कारोबार रोक्का

Feb Mon 2021 08:33:13

1448 views

सात जलविद्युत सहित ११ कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार सात जलविद्युत कम्पनी सहित ११ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले नेपाल हाइड्रो डेभलपर, युनिभर्सल पावर, पञ्चकन्यामाई हाइड्रो, पाँचथर पावर , राधी विद्युत , रैराङ हाइड्रोपावर र युनिभर्सल हाइड्रोपावर सहित गुराँस लाइफ इन्स्योरेन्स , कर्णाली डेभलपमेण्ट बैंक, कर्णाली लघुवित्त र नेशनल माइक्रोफाइनान्सको शेयर कारोबार रोक्का गरेको हो । 

यी कम्पनीहरुले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम नेपाल धितोपत्र बोर्डमा पेश गर्नुपर्ने वार्षिक प्रतिवेदन , वित्तीय विवरण तथा सूचीकरण विनियमावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरण हरु पेश नगरेकाले कारोबार रोक्का गरिएको नेप्सेले प्रष्ट पारेको छ ।