माघ ३० गते शुक्रबार सोनाम ल्होसारमा देशैभर सार्वजनिक बिदा

Feb Wed 2021 08:25:19

585 views

माघ ३० गते शुक्रबार सोनाम ल्होसारमा  देशैभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।

सरकारले तीन वर्षअघि सोनाम ल्होसारलगायतका विभिन्न चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेको थियो । तामाङ समुदायको मुख्य पर्वका रुपमा रहेको सोनाम ल्होसारमा बिदा कटौती नगर्न सरोकारवालाले माग गर्दै आएका थिए ।

ल्होसारमा बिदा दिन नेपाल तामाङ घेदुङले सरकारलाई आग्रह गर्दै आएको थियो । नेपाल तामाङ घेदुङले सरकारले विगतमा गरेको गल्ती सच्याउँदै तामाङ समुदायको राष्ट्रिय पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा स्वागत गरेको छ ।