कोरोना प्रभावित ऋणीलाई राहत, असारसम्म बैंकले धिताे लिलाम गर्न नपाउने

Feb Sun 2021 05:13:45

कोरोना प्रभावित ऋणीलाई राहत, असारसम्म बैंकले धिताे लिलाम गर्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै कोरोना भाइरस प्रभावित बैंकका ऋणीहरुका लागि थप राहतको घोषणा गरेका छन् ।

नयाँ व्यवस्था अनुसार बैंकहरुले कोरोना माहामारीले ऋण तिर्न नसकेकाहरुको धितो लिलामका र कालोसूचीको सूचना प्रकाशन गर्न नपाउने भएका छन् । मौद्रिक नीतिको समिक्षामा कोरोना प्रभावित ऋणीको छ महिना भन्दा बढीको ऋण बाकी नरहेको अवस्थामा त्यस्तालाई धितो लिलामी र कालोसूचीमा राख्ने काम २०७८ असार मसान्तसम्मका लागि स्थगन गरेको उल्लेख छ ।

‘०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकिकरण गर्न सकिने छ, यसअघि ०७६ पुस मसान्तसम्म असल ऋणीका रुपमा रहेका ऋणीहरुलाई राष्ट्र बैकले ०७७ पुस मसान्तसम्म १० प्रतिशत बक्यौता ब्याज तिरेर पुनर्तालिकिकरण गर्न पाउने व्यवस्था गरेको थियो