पूर्वाधार कम्पनीले १२ लाख एनआरएनलाई नेपाली पुँजीबजारमा ल्याउदै

Feb Fri 2021 08:37:59

1088 views

पूर्वाधार कम्पनीले १२ लाख एनआरएनलाई नेपाली पुँजीबजारमा ल्याउदै

नेपालको पूर्वाधार विकासका लागि विदेशी लगानी ल्याउन नेपाल सरकारले पनि विभिन्न प्रयास गर्दै आएको छ । विदेशी लगानीलाई सहज बनाउन सरकारले विदेशी लगानीसम्बन्धी कानूनमा खुकुलो व्यवस्था गरेको छ । त्यति मात्रै नभएर विदेशमा बस्ने गैर आवासीय नेपालीको माध्यमबाट विदेशी लगानी भित्र्याउन पहल पनि गर्दै आएको छ ।

अहिले नेपाल सरकारको समेत लगानी रहने गरी गैर आवासीय नेपालीहरु मिलेर एउटा पूर्वधार कम्पनी स्थापना गर्ने प्रक्रिया सुरु भएको छ । त्यसका लागि नेपाल सरकारले ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको छ । त्यसमा गैर आवासीय नेपाली गरेको लगानी प्रतिवद्धता समेत जोड्दा हाल यस्तो रकम १ अर्ब ७० करोड पुगिसकेको छ ।

अहिले गैर आवासीय नेपालीसम्बन्धी ऐनले विदेशमा भएका नेपालीहरुलाई राजनीतिक बाहेक अरु सबै प्रकारमा अधिकार दिने व्यवस्था गरेको छ । ऐनको दफा १३ ले यो विषयलाई प्रष्ट ढंगले उठान गरेको छ । यसलाई कार्यान्वयन गर्ने अगुवाई यो कम्पनीले गर्छ ।गैर आवासीय नेपालीहरुबाट लगानी त भइरहेकै हो, नभएको होइन । ठूलो लगानीकर्ताबाट लगानी भएर नेपालमा हाइड्रोपावर, बैंक, हस्पिटल, होटल लगायत धेरै आयोजनाहरु सञ्चालन भएका छन् । तर, यी सबै ठूला लगानीकर्ताहरु मात्रै हुन् । सानो लगानी भएका एनआरएनहरुले त यो अवसर पनि पाएका छैनन् । तर, देशको विकासमा उहाँहरुको सहभागिता समेत अनिवार्य छ ।