बैंकले नै झुक्किएर एक खर्ब बढी रुपैयाँ सर्वसाधारणकाे खातामा पठायो

Feb Fri 2021 09:08:16

913 views

बैंकले नै झुक्किएर एक खर्ब बढी रुपैयाँ सर्वसाधारणकाे खातामा पठायो

काठमाडौं । अमेरिकाको सीटी बैंकले झुक्किएर ९ सय मिलियन अमेरिकी डलर अर्थात १ खर्ब ५ अर्ब नेपाली रुपैयाँ झुक्किएर सर्वसाधारणको खातामा पठाएको छ ।

बैंकले रेभ्लोन कम्पनीलाई ऋण दिएका व्यक्तिहरुको खातामा ब्याजवापत ८ मिलियन डलर (९३ करोड रुपैयाँ) पठाउनुपर्ने थियो । तर, बैंकले झुक्किएर कूल ९०० मिलियन डलर (१ खर्ब ५ अर्ब रुपैयाँ) रेभ्लोनका ऋणदाताहरुको खातामा पठाएको हो ।

सीएनएनको रिपोर्टअनुसार केही ऋणदाताहरुले झुक्किएर आएको रकम फिर्ता पनि गरे र अरुले फिर्ता गरेनन् । गएको अगष्टमा सिटीबैंकले आफूले पैसा फिर्ता पाउनुपर्ने दावीसहित अदालतमा मुद्दा हाल्यो । तर, बैंकले अझै पनि १० वटा लगानी सल्लाहकार फर्मबाट ५०० मिलियन डलर रकम फिर्ता नपाएको जनाइएको छ ।

अमेरिकाको सिटीबैंकले झुक्किएर ट्रान्सफर गरेको झण्डै ५०० मिलियन डलर (५८ अर्ब नेपाली रुपैयाँ) फिर्ता लिन नसक्ने अमेरिकाको एक जिल्ला अदालतले फैसला गरेको छ ।

एजेन्सी