अब व्यक्तिले व्यक्तिसँग जग्गा किन्न नपाइने, कम्पनीबाट मात्रै किनबेच गर्नुपर्ने व्यवस्था लागू हुदै

Feb Fri 2021 10:43:11

991 views

अब व्यक्तिले व्यक्तिसँग जग्गा किन्न नपाइने, कम्पनीबाट मात्रै किनबेच गर्नुपर्ने व्यवस्था लागू हुदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले घरजग्गा कारोबारका लागि भूमि बजार (ल्यान्ड मार्केट) ल्याउने तयारी गरेको छ । घरजग्गा कारोबारमा ठगी, अनियमिता जस्ता कार्य मौलाएको भन्दै यसलाई अन्त्य गर्नका लागि मन्त्रालयले ल्यान्ड मार्केट ल्याउन लागेको हो ।

मन्त्रालयले ल्यान्ड मार्केटको ल्याउनका लागि प्रारम्भिक गृहकार्य शुरु गरिसकेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए । उनका अनुसार मन्त्रालयले गठन गरेको समितिले प्रारम्भिक प्रतिवेदनसमेत बुझाइसकेको जोशीले बताए ।

मन्त्रालयले जग्गा कारोबारका लागि भूमि बजारको आवश्यता रहेको भन्दै यस विषयमा अध्ययन तथा गृहकार्य शुरु गरेको जनाएको छ ।

यसरी हुनेछ किनबेच ?
पछिल्लो समय डिजिटल प्लेटफर्ममार्फत कारोबार बढेसँगै जग्गा कारोबार गर्ने व्यवसायीहरूले पनि जग्गाको कारोबार अनलाइनमार्फत् सूचना दिइरहेको पाइन्छ । विभिन्न ब्रोकरहरूले घरजग्गा कारोबारका लागि अनलाइन वेवसाइट दर्ता गरी घर तथा जग्गाको कारोबार गरिरहेको छ ।

त्यस्तै, मन्त्रालयले पनि जग्गा खरिद–बिक्री गर्न चाहनेलाई अनलाइनमार्फत् खरिद– बिक्री गर्न सकिने व्यवस्था गर्नेछ । जसमा कुनै पनि जग्गा बिक्री गर्नुपर्ने अवस्थामा विस्तृत रुपमा उक्त जग्गाको विवरण राख्नेछ । साथै, सोही वेवसाइटमार्फत नै खरिद गर्ने व्यवस्था मिलाउनेछ ।

त्यसैगरी ल्यान्ड मार्केटमा पनि बिक्री गर्न चाहने जग्गाको सूचीकरण हुन्छ र किन्न इच्छुकले सोही मार्केटमा किन्न सक्छ ।