नेप्सेको सिष्टममा समस्या देखाएर बजारमा मनोबल गिराउने खेल कसले गर्यो ?

Feb Wed 2021 07:47:15

663 views

नेप्सेको सिष्टममा समस्या देखाएर बजारमा मनोबल गिराउने खेल कसले गर्यो ?

काठमाडौं । लगानीकर्ता संघहरुले बुधवार कारोबार प्रणालीमा समस्या देखाएर लगानीकर्ताहरुको मनोबल गिराउने खेल भएको आरोप लगाएका छन् ।  नेपाल इन्भेष्टर्स फोरम , शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समूहकले संयुक्त रुपमा विज्ञप्ती जारी गरेको छन् । 

 परिसूचकमा नियोजित रुपमा नकारात्मक सुचक देखाई लगानीकर्ताहरुको मनोबल गिराउने काम भएको आरोप लगाएका हुन । सिष्टममा बारम्बार समस्या देखाएर लगानीकर्ताको सम्पत्तिमाथी खेलभाड गर्न खोजेको आरोप समेत उनिहरुले लगाएका छन् । 

नेप्सेको कमजोर सिष्टमकै कारण दैनिक आम लगानीकर्ताहरु क्लोज आउँटमा परेर करोडौंको क्षति व्यहोर्न बाध्य भएको समेत संयुक्त प्रेस विज्ञप्तीमा उल्लेख छ । बुधवार नेप्सेले देखाएको सिष्टमको समस्याले आम लगानीकर्ताहरुको बजार सञ्चालक निकायप्रतिको विश्वसनियतामा नराम्रो धक्का लागेको गुनासो लगानीकर्ताहरुको छ ।