ज्योति लाईफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि आईपीओ निष्कासन गर्ने

Feb Fri 2021 06:29:59

853 views

ज्योति लाईफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) फागुन २३ गतेदेखि विक्री खुला हुने भएको छ । कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखी बाँकी ५९ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

उक्त आईपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।