शिखर इन्स्योरेन्सले फेरि ३० प्रतिशत हकप्रद जारी गर्ने

Mar Mon 2021 07:55:53

658 views

शिखर इन्स्योरेन्सले फेरि ३० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्सले फेरि हकप्रद शेयर जारी गर्ने भएको छ । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २७.७६९ प्रतिशत बोनस शेयर वितरण गरेपछि कायम हुने १ अर्ब ७५ करोड ६१ लाख ९२ हजार रुपैयाँ चुक्ता पुँजीबाट ३० प्रतिशतले हुन आउने ५२ करोड ६८ लाख रुपैयाँ बराबरका ५२ लाख ६८ हजार कित्ता हकप्रद शेयर जारी गर्ने भएको हो । 

हकप्रद शेयर निष्कासन प्रस्ताव पारित गर्ने एजेन्डा सहित शिखरले चैत ९ गतेका लागि १५ औं र १६ औं वार्षिक साधारणसभा बोलाएको छ । उक्त दिन बिहान ११ बजे इन्स्योरेन्सको कार्यालय स्थित सभाहलमा साधारणसभा बस्नेछ ।  यो शेयर निष्कासनसँगै शिखरको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । 

चुक्ता पुँजी २ अर्ब रुपैयाँ नाघ्ने भएपछि शिखरले सोही साधारणसभाबाट अधिकृत पुँजी ४ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत अघि बढाएको छ ।

यसअघि पनि ३० प्रतिशत हकप्रद शेयर जारी गरिसकेको थियो । सो कम्पनीले आफ्नो चुक्ता पुँजी बढाउन फेरि हकप्रदको बाटो लिन लागेको हो । अहिले बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ तोकेको छ । यो हकप्रदपछि शिखरको चुक्ता पुँजी तोकिएको न्यूनतम पुँजीभन्दा दोब्बर बढी हुनेछ ।