टेम्पोको भाडा पनि अब क्यूआर कोर्डबाटै भुक्तानी गर्न सकिने

Mar Mon 2021 08:52:04

547 views

टेम्पोको भाडा पनि अब क्यूआर कोर्डबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । टेम्पोमा यात्रा गर्दा यात्रुहरुले अब क्यूआर कोर्ड मार्फत नै भुक्तानी दिन सक्ने भएका छन् । मेगा बैंकले काठमाडौंमा चल्ने टेम्पो चालकलाई क्यूआर कोर्ड हस्तान्तरण गरेर यात्रुहरुलाई क्यूआर कोर्ड मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यो सेवाको सुरुवात गरेको जनाएको छ । काठमाडौं उपत्यकाबाट सुरु गरिएको यो अभियानलाई देशव्यापी बनाउने बैंकको योजना छ ।