मेलम्चीको पानी आएपछि चुनौतीपूर्ण हुने, ढल फुटेर जलमग्न हुने खतरा !

Mar Wed 2021 08:13:19

935 views

मेलम्चीको पानी आएपछि चुनौतीपूर्ण हुने, ढल फुटेर जलमग्न हुने खतरा !

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आएपछि फोहरपानी व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण हुने देखिएको छ । 

ढलको निर्माण फरकफरक निकायबाट भएकाले पनि पर्याप्त समन्वय हुन नसकेकोले यस्तो समस्या देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउँदैछ । वर्षा याममा यो परिमाण दोब्बर हुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले आन्तरिक स्रोतबाट दैनिक  ९ देखि ११ करोड लिटरसम्म पानी वितरण हुँदै आएको छ । पानीको परिमाण बढ्दा फोहोर पानीको परिमाण समेत बढ्ने भएकोले समस्या हुनसक्ने केयुकेएलले जनाएको हो ।

फोहरपानी व्यवस्थापनमा प्राविधिक हिसाबले जम्मा खपत हुने पानीमध्ये ८० प्रतिशत पानी ढलमा फर्किएर जान्छ भन्ने मान्यता छ । त्यस हिसाबले पनि ढलमा चाप बढ्ने देखिएको छ । उपत्यकाका ढल भरिने विभिन्न स्थानबाट चुहावट हुँदा फोहरपानी निस्कने र खोलामा पानीको परिमाण बढ्ने देखिएको हो ।