नेपाल दुरसञ्चार कम्पनीका लगानीकर्ताहरुले एकै दिन धेरै गुमाए

Mar Wed 2021 08:22:47

864 views

नेपाल दुरसञ्चार कम्पनीका लगानीकर्ताहरुले एकै दिन धेरै गुमाए

काठमाडौं । धितोपत्र दोस्रो बजारमा सर्वाधिक बजार पूँजीकरण रहेको नेपाल दुरसञ्चार कम्पनीको पूँजीकरण एकै दिन रू. १० अर्ब ९५ करोडले घटेको छ ।

यो साताको चार कारोबार दिनमा तीन दिन बजार घटेको छ । बुधवार बजार घटेपनि कम्पनीको शेयरमूल्यमा असर पार्ने लाभांश सम्बन्धि सुचना सार्वजनिक भएको थियो । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट प्रतिशेयर रू. ४० का दरले नगद लाभांश वितरण गर्ने निर्णय बुधवार सार्वजनिक गरेको हो । 

यस कम्पनीले लाभांश वितरणको हालसम्मकै इतिहासमा सबैभन्दा कम लाभांश यो वर्ष दिन लागेको हो । विगतका वर्षहरुमा ५५ प्रतिशतसम्म नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष ४० प्रतिशत लाभांश प्रस्ताव गरेसँगै मूल्यमा नकारात्मक प्रभाव परेको देखिन्छ ।