चालू वर्षको पहिलो त्रैमासमा मुलुकको अर्थतन्त्र ४.६ प्रतिशत ऋणात्मक

Mar Thu 2021 08:10:18

751 views

चालू वर्षको पहिलो त्रैमासमा मुलुकको अर्थतन्त्र ४.६ प्रतिशत ऋणात्मक

काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर नकारात्मक भएको छ । केन्द्रय तथ्याङ्क विभागका अनुसार गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.९९ प्रतिशत कायम भएको छ ।

विभागले आधार वर्ष २०१०–११ लाई मान्दै गरेको विश्लेषणमा गत वर्षको आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको हो । त्यो वर्ष प्रतिव्यक्ति आय ११३४ अमेरिकी डलर रह्यो ।

यस्तै चालु आर्थिक वर्ष २०७७–०७८ को पहिलो त्रैमासको वृद्धिदर पनि ऋणात्मक देखिएको छ । यो अवधिमा अर्थतन्त्र  ४.६ प्रतिशतले खुम्चिएको छ।