हकप्रद लागि अरुणभ्याली हाइड्रोपारले बुक क्लोज चैत ९ गते

Mar Wed 2021 08:45:07

1003 views

हकप्रद लागि अरुणभ्याली हाइड्रोपारले  बुक क्लोज चैत ९ गते

काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि चैत ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीको फागुन २६ गतेको सञ्चालक समितिको बैठकले उक्त दिन बुक क्लोजको मिति तय गरेको हो । हकप्रद शेयर निष्कासनको मिति भने हालसम्म कम्पनीले तय गरेको छैन् ।

कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री गर्न फागुन २५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । शतप्रतिशत हकप्रद शेयर विक्रीको लागि अनुमति मागेको कम्पनीलाई बोर्डले पहिलो चरणमा ५० प्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो ।