बाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

Mar Mon 2021 09:09:05

686 views

बाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौं  ।  बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा सामान्य हेरफेर गरेका छन् । बैंकहरुले चैत १ गतेदेखि लागू गर्न सर्वाजनिक गरेको ब्याजदर अनुसार केही बैंकको मात्रै फागुन महिनाको तुलनामा कर्जाको ब्याजदर बढेको छ ।  बैंकहरुले सार्वजनिक गरेका निक्षेप र कर्जाको नयाँ ब्याजदर

 एनआइसी एसिया बैंक

 एनआइसी एसिया बैंकले चैत १ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा २.१०% ब्याजदर दिने जनाएको छ । नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ७.१०% सम्म ब्याज पाइनेछ । बैंकको माघ मसान्तसम्मको आधार दर ६.६९% छ । यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाको लागि बैंकले १३% देखि १५% सम्म ब्याजदर निर्धारण गरेको छ । 

 नेपाल एसबीआई बैंक

 नेपाल एसबीआई बैंकले बचतको ब्याज ०.५०% देखि ३% सम्म तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ६.५०% र न्यूनतम ३% निर्धारण गरेको छ । यता, यस बैंकको माघ मसान्तसम्मको बेस रेट ७.३१% छ । यसमा न्यूनतम १.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जानकारी दिएको छ । 

 नबिल बैंक

 नबिल बैंकले बचतमा न्यूनतम २.५१% देखि अधिकतम ४.५१% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ६.५०% ब्याज दिने भनेको छ । यो एक वर्षभन्दा बढी समयको मुद्दतिको ब्याजदर हो । ३ महिनाको मुद्दतिको ब्याजदर ४% निर्धारण गरेको छ । यता, बैंकको माघ मसान्तसम्म बेस रेट ५.५८% छ । यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नेछ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९% देखि ११.५०% सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।  

सेञ्चुरी कमर्सियल बैंक

 सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज २.७५% र अधिकतम ४.७५% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७५% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । यता, बैंकको माघ मसान्तसम्मको आधार दर ७.७९% रहेको छ । यसमा ३% देखि ६% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । घर कर्जाका लागि ११.४९% देखि १२.९९% स्थिर ब्याज दर निर्धारण गरेको छ । 

 एनएमबि बैंक 

एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर ३.१०% र अधिकतम ५.१०% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८% र न्यूनतम ५.७५% निर्धारण गरेको छ । पुस मसान्तसम्मको अधारदर ७.४०% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । 

 एभरेष्ट बैंक

एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २% देखि अधिकतम ४% सम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ६.७५% र न्यूनतम ४.७५% तोकेको छ । माघ मसान्तसम्म बैंकको आधार दर ६.४०% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । 

 हिमालयन बैंक 

हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर ४% र अधिकतम ६.५०% तोकेको छ । बैंकको पुस मसान्तसम्मको आधारदर ६.८३% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । 

 माछापुच्छ्रे बैंक

 माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २% देखि अधिकतम ४% सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७% निर्धारण गरेको छ । पुस मसान्तसम्म बैंकको आधारदर ७.५६% छ । यसमा बैंकले ७% सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले स्थिर ब्याजदरका लागि न्यूनतम ९.८९% देखि अधिकतम १२.२४% ब्याजदर निर्धारण गरेको छ । 

 मेगा बैंक

 मेगा बैंकले बचतको न्यूनतम ३.५०% देखि अधिकतम ५.५०% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ७.२५% निर्धारण गरेको छ । यो दुई वर्षभन्दा धेरै मुद्दति निक्षेपको लागि हो । माघ मसान्तसम्म बैंकको आधार दर ६.९७% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर ऋण प्रवाह गर्ने मेगाको भनाई छ । 

 ग्लोबल आइएमई बैंक

 ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ४% ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७% ब्याज निर्धारण गरेको छ । बैंकको पुस मसान्तसम्मको ब्याजदर ६.७६% छ । यसमा ६% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह हुनेछ । स्थिर ब्याजदरका लागि बैंकले न्यूनतम ७.९९% अधिकतम १३.९९% सम्म ब्याजदरमा कर्जा प्रवाह गर्ने जानकारी दिएको छ । 

 सनराइज बैंक

 सनराइज बैंकले बचतमा न्यूनतम २.५०% देखि अधिकतम ४% सम्म ब्याज दिने भएको छ । यता, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७% ब्याज निर्धारण गरेको छ । माघ मसान्तसम्मको बैंकको आधार दर ७.१२% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरका लागि न्यूनतम १०.५०% देखि अधिकतम १३.५०% सम्म ब्याजदर निर्धारण गरेको छ । 

 सिभिल बैंक 

सिभिल बैंकले सबै बचतको ३.७५% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.७५% कायम गरेको छ । साथै, ४ महिने मुद्दति निक्षेपको ब्याजदर ६% कायम गरेको छ । यता, बैंकको माघ मसान्तसम्मको आधार दर ८.१६% रहेको छ । यसमा १% देखि ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ ।  

नेपाल बंगलादेश बैंक

 नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.७५% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७५% र न्यूनतम ६% निर्धारण गरेको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९% देखि अधिकतम १२.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

 लक्ष्मी बैंक 

लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५% देखि अधिकतम ४.५% सम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ६% र एक वर्ष माथि ७% सम्म ब्याजदर दिन्छ । बैंकको पुससम्मको आधार दर ७.२४% छ । 

कुमारी बैंक

 कुमारी बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६.५०% देखि ७% सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ ।  

सिद्धार्थ बैंक

 सिद्धार्थ बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६.५% देखि अधिकतम ७% सम्म ब्याजदर दिने भएको छ ।

बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा न्यूनतम ३.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९% देखि अधिकतम ११.४९% सम्म ब्याजदर निर्धारण गरेको छ । 

 सिटिजन्स बैंक

 सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज २% र अधिकतम ४% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । बैंकको माघ मसान्तसम्मको आधार दर ७.८५% रहेको छ । यसमा २% देखि ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ ।  

प्राइम कमर्सियल बैंक

 प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% र अधिकतम ४.५०% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.२५% र न्यूनतम ५% निर्धारण गरेको छ । पुस मसान्तसम्मको आधारदर ७.८५% रहेको छ । यसमा अधिकतम ६.७५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १०% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

 एनसीसी बैंक

 एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% र अधिकतम ५% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८% र न्यूनतम ६.२५% निर्धारण गरेको छ । पुस मसान्तसम्मको अधारदर ७.८५% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.३५% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

  (स्रोत : बैंकहरुले सार्वजनिक गरेका सूचना तथा विज्ञापनहरु)