Mar Fri 2021 12:56:09
काठमाडौं उपत्यकामा वायु प्रदूषण अत्यधिक बढेसँगै वातावरण विभागले अत्यावश्यक कामबाहेक साँझ र बिहान बाहिर ननिस्कन आग्रह गरेको छ । ‘बिहान बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको छ’, विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवम् दम, खोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटुरोगीलगायत दीर्घ रोगीहरू बढी प्रभावित हुने भएकाले बाहिर ननिस्कन अपिल गरेका हौँ ।’