बैंकका कर्मचारीलाई ३१ दिन बिदा, कुन–कुन दिन बिदा पाउने

Mar Fri 2021 05:17:03

734 views

बैंकका कर्मचारीलाई ३१ दिन बिदा, कुन–कुन दिन बिदा पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ मा कर्मचारीलाई एक महिनाभन्दा बढि विदा दिने भएको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले नयाँ वर्ष बि.स. २०७८ सालमा बैंक बिदाको सूचना सार्वजनिक गर्दै ३१ दिन घर बस्न पाउने व्यवस्था गरेको हो ।

नयाँ वर्ष २०७८ को वैशाखमा २ दिन, जेठमा २ दिन, भदौमा ३ दिन, असोज ९ दिन, कात्तिकमा ६ दिन, मंसिरमा २ दिन बिदा दिइएको छ । फागुनमा ३ दिन र चैतमा ४ दिन बिदा दिइएको छ ।उपत्यका भित्र मछिन्द्रनाथको भोटो जात्रा, घोडे जात्रा, गाइ जात्रा, इन्द्र जात्रामा विदा हुने छ । भोटो देखाउने जात्राको हकमा भने सरकारले निर्णय गरे अनुसार हुने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित धर्म, भुगोल तथा समुदायहरुका लागि भने १० दिन विदा हुने छ । उभौली, इदुल फित्र, बकर इद र सिरुवा पवानी वर्षको हकमा पनि नेपाल सरकारको निर्णय अनुसार विदा तय हुने राष्ट्र बैंकले जनाएको छ ।