होलीको दिन भुलेर पनि यी काम नगर्नुहोस्

Mar Sat 2021 10:24:07

818 views

होलीको दिन भुलेर पनि यी काम नगर्नुहोस्

काठमाडौं । होली रंगको मात्र नभएर सद्भाव र समृद्धिको कामना गरिने पर्व पनि हो । विद्धान ज्योतिषाचार्यहरुका अनुसार होलीको दिन केही सावधानी अपनाउने हो र निश्चित कामहरू गर्ने हो भने त्यस्तो व्यक्ति वर्षभरि धनधान्यले परिपूर्ण हुनेछ । 

ज्योतिषहरूका अनुसार होलीको दिन कुनै पनि मानिसलाई केही पैसा सापट दिने गर्नु हुँदैन । उधारो दिने व्यक्तिको घरमा नकारात्मकता आउने र वर्ष दिनभरि आर्थिक समस्यासँग जुध्नुपर्ने स्थिति आउने उनीहरूको भनाइ छ । 

यो दिन महिलाहरूले आफ्ना सन्तानको सुख प्राप्तिका लागि उपवास बस्ने चलन छ । त्यसैले आजको दिन आमालाई उपहार दिने र सम्मानमा खुसी राख्ने सन्तानहरूले समेत आर्थिक लाभ प्राप्त गर्न सक्ने विश्वास गरिन्छ । 

होलीमा के खाने के नखाने ? 

होलीको दिन आफ्नो सम्पूर्ण परिवारसहित बसेर गहुँको पिठो र सखर मिसाएको रोटी खानाले उन्नतिको बाटो खेल्ने विश्वास छ । होलीका दहन गरेको आगोमा यस्तो रोटी सेकाएर प्रसादको रूपमा समेत खान सकिन्छ । तर, होलीका दिन सेतो रंगका खानेकुराहरू जस्तै दूध, दही, चामल आदी खान वर्जित गरिएको छ । 

यो दिन कालो चना खानाले शनिदेवको कृपा मिल्ने समेत भनाइ छ । कालो चना दान गर्नाले आफ्नो जीवनमा आइपरेका संकट हट्ने र उन्नतिको बाटो खुल्ने समेत विश्वास गरिन्छ ।