कोरोनाको जोखम बढ्दै, उपत्यका प्रवेशमा कडाइ गर्ने सरकारको निर्णय

Apr Tue 2021 10:59:41

969 views

कोरोनाको जोखम बढ्दै, उपत्यका प्रवेशमा कडाइ गर्ने सरकारको निर्णय

काठमाडौं। काेराेना संक्रमितकाे संख्या बढेसँगै सरकारले उपत्यका प्रवेशमा कडाइ गर्ने भएको छ। कोरोना भाइरसको दोश्रो लहरको अनुमान गर्दै उपत्यकाका तीन जिल्ला प्रवेशमा कडाई गरिएको हो।

आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले डिसी नेपाललाई जानकारी दिए।

पराजुलीले भने, ‘उपत्यकाका प्रजिअहरु, नगरपालिकाका प्रमुखहरु, विद्यालयका प्रतिनिधि लगायतका व्यक्तिहरु बसेर कोरोनाको दोश्रो लहरको खतराका बारेमा कुरा गरेका थियौं। समितिले विभिन्न निर्णयहरू गरेकाे छ। जस्तै, उपत्यका प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गरिने छ।’

उनले नाकामा पर्ने स्थानीय तहहरुले उपत्यका प्रवेश गर्ने व्यक्तिहरुको एन्टिजेन परीक्षण गर्ने र एन्टिजेन नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पिसीआर परीक्षण गर्ने निणर्य गरेको बताए।

यस्तै, यस अघि संचालित स्थानीय तहका आइसोलेसन र क्वारेन्टाइनलाई अध्यावधिक गराउने सम्बन्धमा पनि कुरा भएको प्रजिअ पराजुलीले जानकारी दिए। कोरोना सम्बन्धमा जनचेतनालाई प्रचारप्रसारमा ध्यान दिने पनि पराजुलीले बताए।

पराजुलीका अनुसार कोरोना संक्रमितहरुको केस इन्भेष्टिकेसन र कन्ट्राक्ट टे«सिङ सम्पूर्ण स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको छ। मोबाइल तथा टेलिफोनमा बज्ने कलर ब्याक टोल (सीआरबीटी)मा पनि कोरोना सम्बन्धि सूचनाहरु बजाउने निणय भएको छ।