अजोड इन्स्योरेन्सको प्रस्तावित हकप्रद सेयर स्थगित

Apr Wed 2021 07:19:27

1238 views

अजोड इन्स्योरेन्सको प्रस्तावित हकप्रद सेयर स्थगित

काठमाडौं । अजोड इन्स्योरेन्सले प्रस्ताव गरेको ५० प्रतिशत हकप्रद सेयर स्थगित भएको छ । बीमा क्षेत्रको नियामक बीमा समितिले निर्देशन दिएसँगै कम्पनीले २ कित्ता बराबर १ कित्ताको दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्थगित गरेको हो ।

इन्स्योरेन्सले प्रस्ताव गरेको पुँजी वृद्धि र हकप्रद जारी सम्बन्धी विशेष प्रस्ताव स्थगन गर्न समितिले गत चैत २३ गते कम्पनीलाई निर्देशन दिएको थियो । सोहि बमोजिम चैत २५ गते आकस्मिक बसेको कम्पनीको सञ्चालक समितिको बैठकले समितिको निर्देशन पालना गर्दै हकप्रद प्रस्ताव स्थगन गर्ने निर्णय गरेको हो ।

यसअघि कम्पनीले पुँजी वृद्धि गर्न सो मात्राको हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने निर्णय गत चैत १७ गते प्रकाशित गरेको थियो ।