नेपालमा ‘नयाँ भेरियन्ट’ को कोरोना फैलँदो क्रममा, संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका

Apr Thu 2021 07:18:21

965 views

नेपालमा  ‘नयाँ भेरियन्ट’ को कोरोना फैलँदो क्रममा, संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका

काठमाडौं । नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलि“दो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ ।

बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत पाइएको छ । केही दिनयताको तथ्यांकअनुसार दैनिक संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका छन् । यसमा पनि बेलायती भेरियन्ट देखिएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा। आरपी विच्छाले बालबालिकामा संक्रमणदर बढेको प्रस्ट पारे । सो अस्पतालमा तीन संक्रमित बालबालिका भर्ना भएका छन् ।

कोरोना जोखिम बढे पनि भौतिक उपस्थितिमै पठनपाठन हुँदा कतिपय विद्यालयले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको देखिएको छ । संक्रमित बालबालिकामध्ये अधिकांशमा बेलायती भेरियन्ट देखिएको छ ।