थप १०१५ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जना, ८ जनाको मृत्यु

Apr Sun 2021 04:50:03

902 views

थप १०१५ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जना,  ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा १०१५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १०१५ जना नयाँ संक्रमित थपिएका हुन् ।            

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ५०८४ पिसिआर परीक्षणबाट १०१५ र ६९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको हो। जसमा काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।