गैरकानुनी तरिकाले बीमा कम्पनीले अभिकर्ताहरुलाई दिएको रकम उठाउन निर्देशन

Apr Sun 2021 05:10:06

850 views

गैरकानुनी तरिकाले  बीमा कम्पनीले अभिकर्ताहरुलाई दिएको रकम उठाउन निर्देशन

काठमाडौं । बीमा कम्पनीले आफ्ना अभिकर्ताहरुलाई दिएको रकम यहि असारमसान्तभित्र उठाउन निर्देशन दिएको छ । बीमा अभिकर्ताहरूलाई प्रवाह गरिएको ८ अर्ब ७१ करोड रूपैयाँ कर्जा असार मसान्तभित्रै फरफारक गर्न समितिले ताकेता गरेको हो ।

१९ वटा जीवन बीमा कम्पनीहरुले गैरकानुनी तरिकाले आफ्ना अभिकर्ताहरुले दिएको ऋण उठाउन बीमा समितिले शुक्रबार एक निर्देशिन जारी गरेको छ । ऋण प्रभाह गरिएकामध्ये सबैभन्दा बढी जीवन बीमा कर्पोरेसन (एलआईसी नेपाल)ले  ५ अर्ब ४१ करोड ऋण दिएको छ । त्यस्तै नेपाल लाइफ १ अर्ब ८३ करोड ३७ लाख १९ हजार सापटी दिएको छ । त्यस्तै नेशनल लाइफस् ४१ करोड ६९ लाख ५७ हजार रहेको छ । 

त्यस्तै, गुराँस लाइफ ३ करोड ११ लाख ४८ हजार, सन नेपाल लाइफ ३ करोड २५ लाख ९९ हजार र ज्योति लाइफ ३ करोड ३१ लाख ३९ हजार अभिकर्ताले सापटी लिएका छन् । त्यसैगरि, प्रभु लाइफ १ करोड १९ लाख ७४ हजार र रिलायवल लाइफस् ४ करोड ७२ लाख ३४ हजार सापटी लिएका छन् । 

युनियन लाइफ २३ करोड ३ लाख ३६ हजार, प्राइम लाइफस् १० करोड ६४ लाख ६५ हजार, सानिमा लाइफस् ५८ लाख ८२ हजार,रिलायन्स लाइफ ६ करोड ७ लाख ६४ हजार, सूर्या लाइफ १६ करोड ३ लाख ४२ हजार सापटी लिएका छन् । 

त्यस्तै, एसियन लाइफस् १० करोड ३५ लाख ९ हजार, मेट लाइफ ३ करोड ३८ लाख ५७ हजार, सिटिजन लाइफ ६ करोड २६ लाख ६३ हजार, महालक्ष्मी लाइफ ६ करोड १५ लाख ४१ हजार र आइएमई लाइफ ६ करोड ६० लाख ८ हजार सापटी लिएका छन् ।