कोरोना संक्रमण कम गर्न राष्ट्र बैंकको बैंकहरुलाई ९ बुँदे निर्देशन

Apr Mon 2021 07:45:06

840 views

कोरोना संक्रमण कम गर्न  राष्ट्र बैंकको बैंकहरुलाई ९ बुँदे निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणलाई कम गर्नका लागि ९ बुँदे निर्देशन  जारी गरेको छ ।  राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुमा कोभिड १९ कोरोना भाइरस संक्रमणका लागि सचेत गराउनका लागि निर्देशन जारी गरेको हो ।
 
बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालन गर्दा ढोका खुला राखी सानिटाइजर एवम् टिस्यू पेपरको व्यवस्था मिलाउन निर्देशनमा भनिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले संचालन गर्ने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दुरी कायम गरेर मात्र सञ्चालन गर्न गर्न भनेको छ । त्यस्तैगरेका एटीएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण  सानिटाइजर एवम् टिस्यू पेपर तयारी अबस्थामा राख्ने भनेको छ । 

सेवाग्राहीको भिडभाड नहुने र भौतिक दुरी कायम हुने गरी व्यवस्था मिलाई भौतिक आवतजावत कम हुने गरी विद्युतीय माध्यमबाट गर्न र गराउन प्रोत्साहन गर्न भनेको छ ।

नेपाल राष्ट्र बैंकको ९ बुँदे निर्देशन