११ गतेसम्मको मौसम : अधिकांश स्थानमा चट्टयाङ्ग र हावाहुरी सहित वर्षा

Apr Wed 2021 07:47:45

689 views

११ गतेसम्मको मौसम : अधिकांश स्थानमा चट्टयाङ्ग र हावाहुरी सहित वर्षा

काठमाडौं । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको जल तथा मौसम पूर्वानुमहाशाखले जनाएको छ । देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र  सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य बदली रहेने महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश  र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग/हावाहुरी सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलो समेत लाग्ने महाशाखाले जनाएको छ।  

देशका पहाडी भू(भागमा आँशिक देखि सामान्य बदली रही अन्य भू(भागमा आंशिक बदली रहनेछ। प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र  सुदुर पश्चिम प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग/हावाहुरी  सहित क्षणिकरहल्का  वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले  अनुरोध गरेको छ ।