काठमाडौँ उपत्यकामा एकै दिन २ हजार जनामा कोरोना संक्रमण

Apr Tue 2021 08:27:39

577 views

काठमाडौँ उपत्यकामा एकै दिन २ हजार जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा करिब दुई हजार कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्‍यकामा  १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।