पाँच बाणिज्य बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

Apr Tue 2021 09:55:34

770 views

पाँच बाणिज्य बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

काठमाडौं ।चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण नेपाल बङ्गलादेश बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक र सिद्धार्थ बैंकले  सार्वजनिक गरेका न् ।

नेपाल बङ्गलादेश बैंक​ 
नेपाल बङ्गलादेश बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले गत वर्षभन्दा यस वर्ष ६३ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. १ अर्ब ५० लाख १० हजार खुद नाफा गरेको बैंकले यस वर्ष रू. १ अर्ब ६३ करोड ८४ लाख ९ हजार यो नाफा गरेको हो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. ९८ करोड ३२ लाख २९ हजार रहेको छ । गत वर्ष यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. २ करोड ८० लाख १५ हजार थियो । 

बैंकको सञ्चालन मुनाफा भने गत वर्षभन्दा ५६ दशमलव ४१ प्रतिशत बढी रू. २ अर्ब २८ करोड ८५ लाख ३५ हजार रहेको छ । ६ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ९ अर्र्ब ४८ लाख २१ हजार पु¥याएको बैंकको जगेडा कोष रकम भने गत वर्षभन्दा २८ दशमलव १२ प्रतिशत बढी रू. ५ अर्ब ८९ करोड ४७ लाख ८२ हजार कायम भएको छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. २ अर्ब ६ करोड ५२ लाख ३८ हजार खुद नाफा गरेको छ । बैशाख १४ गते सार्वजनिक बैंकको उक्त अवधिको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत वर्षभन्दा यस वर्ष ५४ प्रतिशत बढी  भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले रू. १ अर्ब ३३ करोड ९९ लाख ८३ हजार यो नाफा गरेको थियो । 

यस वर्ष सञ्चालन नाफा ५० दशमलव ७५ प्रतिशत बढी भएको छ । गत वर्ष रू. १ अर्ब ९७ करोड ९३ लाख ५३ हजार रहेको सञ्चालन नाफा यस वर्ष रू. २ अर्ब ९८ करोड ३९ लाख ४४ हजार रहेको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ८३ करोड १४ लाख ४९ हजार छ । गत वर्षसम्म बैंकको वितरणयोग्य नाफा रू. १५ करोड ३२ लाख १० हजार ऋणात्मक थियो । यस वर्ष भने सुधारिएको छ ।

एभरेष्ट बैंक
एभरेष्ट बैंक लिमिटेडले मंगलवार चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस वर्ष बैंकले रू. १ अर्ब ५० करोड ७४ लाख ४६ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यस अवधिसम्म रू. ९४ करोड ३६ लाख ६१ हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ३५ दशमलव ९३ प्रतिशत कम भएको हो । यस वर्ष खुद ब्याज आम्दानी सँगै आम्दानीका सबै सूचकहरु घट्दा बैंकको नाफामा कमि आएको हो । यस वर्ष बैंकले गत वर्षभन्दा ३५ दशमलव २५ प्रतिशत कम रू. २ अर्ब ८१ करोड ४३ लाख ४७ हजार खुद ब्याज आम्दानी र ३५ दशमलव ९३ प्रतिशतनै कम रू. २ अर्ब १५ करोड ३४ लाख २२ हजार सञ्चालन मुनाफा गरेको छ । 

तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा भने रू. १ अर्ब ६ करोड ५३ लाख ८६ हजार रहेको छ । गत वर्ष यो अवधिसम्म यो रकम रू. ९४ करोड ३६ लाख ६१ हजार थियो । खुद नाफामा कमि आएपनि बैंकको वितरणयोग्य नाफा भने बढेको छ ।  

माछापुच्छ्रे बैंक
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंक लिमिटेडले रू. १ अर्र्ब २९ करोड ६ लाख १२ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. १ अर्ब १६ करोड ६८ लाख ५५ हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा १० दशमलव ६० प्रतिशत बढेको हो । सञ्चालन मुनाफा ९ दशमलव २४ प्रतिशत बढी रू. १ अर्ब ९४ करोड ४७ लाख २३ हजार भएको छ । यस अवधिसम्म बैंकको वितरण योग्य नाफा रू. ८४ करोड ६९ लाख ९ हजार छ ।

हिमालयन बैंक
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन बैंक लिमिटेडले रू. १ अर्ब २८ करोड ७१ लाख ५७ हजार खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिसम्म बैंकको यो नाफा रू. २ अर्ब ३१ करोड ७१ लाख १३ हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ४४ प्रतिशत कम भएको हो । 

यस वर्ष बैंकको सञ्चालन नाफा ३९ प्रतिशत घटेकाले खुद नाफामा असर परेको हो । गत वर्ष रू. ३ अर्ब ८ करोड ६४ लाख २६ हजार सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू. १ अर्ब ८८ करोड १ लाख ७१ हजार मात्र यो नाफा गरेको छ । तेस्रो त्रैमाससम्म बैंकको  वितरणयोग्य नाफा रू. ८४ करोड ७६ लाख ६६ हजार छ ।