कोरोनाले उग्र रुप लिदै, बैंक तथा वित्तीय संस्थालाई एक चौथाई कर्मचारी राखेर मात्रै काम गर्न कडा निर्देशन जारी

Apr Fri 2021 08:53:49

860 views

कोरोनाले उग्र रुप लिदै, बैंक तथा वित्तीय संस्थालाई एक चौथाई कर्मचारी राखेर मात्रै काम गर्न कडा निर्देशन जारी

नेपालमा केही दिन यता कोरोना संक्रमणको दर उच्च दरले बढिरहेको छ । सरकारी अस्पतालहरु सबै कोभिड बिरामीले भरिभराउ छन् । नीजि अस्पतालहरुमा पनि आइसियु र भेन्टिलेटर खाली छैन । काठमाडौ उपत्यकामा कोरोना संक्रमण दैनिक ३ हजार भन्दा बढी हुन थालेको छ । यसो हेर्दा कोरोनाले उग्र रुप लिदै गरेको देखिन्छ । 

सरकारले बैशाख १६ गतेदेखि काठमाडौ उपत्यका लगायतका ९ जिल्लाहरुमा निषेधआज्ञा जारी गरेको छ तर अत्यावश्यक कार्यालयहरु सञ्चालन गर्दा भीडभाड घटेको छैन । बैक तथा बित्तिय संस्थाहरु सबै खुलेका छन् । कर्मचारीहरु पनि शतप्रतिशत कार्यालयमा आउने जाने गर्दा झन् भीडभाड बढिरहेको छ । 

यस कुरामा  कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र ९सीसीएमसी० ले गम्भीर रुपले लिएको छ र शुक्रबारको समितिको बैठकले निषेधआज्ञालाई थप कडाई गर्ने निर्देशन दिएको छ । 

बैठकले बैंक तथा वित्तीय संस्थाहरुलाई एक चौथाइ कर्मचारी मात्रै राखेर सेवा प्रदान गर्न गराउन समितिले कडा रुपमा निर्देशन जारी समेत गरेको छ । 

दोश्रो लहरको कोरोना संक्रमण तीव्र बनेको र बैंक तथा वित्तीय संस्था उपलब्ध सबै कर्मचारी राखेर संचालन गर्न नियन्त्रणका लागि गरिएको प्रयासहरु निस्प्रभावी देखिएको भन्दै यस्तो निर्णय गरेको हो । 

अब योसँगै बैंक तथा वित्तीय संस्थाहरुले एक चौथाई कर्मचारीलाई मात्र अफिसमा राखेर काम गराउनुपर्नेछ । 

निर्देशनको पालना नगर्ने कम्पनीलाई सरकारले कारबाही गर्ने बताइएको छ ।