नेपालमा एकैदिन ७२११ जना कोरोना संक्रमित, काठमाडौमा उपत्यकामा मात्रै ३५९५ जना

May Sun 2021 10:09:28

494 views

नेपालमा एकैदिन ७२११ जना कोरोना संक्रमित, काठमाडौमा उपत्यकामा मात्रै ३५९५ जना

काठमाडौं । नेपालमा एकैदिन ७२११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७१३७ जना र एन्टिजन परिक्षण गर्दा ७७ जना गरि जम्मा ७२११ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमितमध्ये भक्तपुरमा ३०१ जना, ललितपुरमा ५५० जना र काठमाडौंमा २७४४ जना गरि जम्मा ३५९५ जना उपत्यकाका मात्रै रहेका छन् । 

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ भने १६१२ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार हाल नेपालमा संक्रमण मुक्त हुने दर ८४.५१ प्रतिशत रहेको छ ।