राष्ट्र बैंकको निर्देशनः केन्द्रमा २० र शाखामा २५ प्रतिशत कर्मचारी मात्र बोलाउनू

May Sun 2021 07:14:35

राष्ट्र बैंकको निर्देशनः केन्द्रमा २० र शाखामा २५ प्रतिशत कर्मचारी मात्र बोलाउनू

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाकालाई निर्देशन दिएको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै राष्ट्र बैंकले वित्तिय संस्थाका केन्द्रिय कार्यालयमा २० प्रतिशतभन्दा कम कर्मचारी तथा शाखा कार्यालयको हकमा सम्भव भएसम्म २५ प्रतिशतभन्दा कम कर्मचारीबाट सेवा प्रदान गर्न निर्देशन दिएको हो । 

राष्ट्र बैंकले संक्रमण जोखिमलाई ध्यान दिइ सेवाग्राहीलाई सम्भव भएसम्म फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न भनेको छ । साथै विभिन्न निकायबाट जारी भएका÷हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा शाखा सञ्चालन गरी बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको छ । 

बैंकले दिएको निर्देशन अनुसार नजिकै रहेका शाखाहरको हकमा न्यून संख्यामा शाखाहरु सञ्चालनमा ल्याई बैकल्पिक शाखा कार्यालयबाट आलोपालो गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।