काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६६६ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु

May Mon 2021 06:05:48

504 views

काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६६६ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २९२२, ललितपुरमा ५२२ र भक्तपुरमा २२२ जना गरी ३ हजार ६६६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, रुपन्देहीमा ६१९, बाँकेमा ४४०,कास्कीका ३५५, मोरङ ३६२,सुनसरीमा ११२, कैलालीमा १२७, दाङमा १०२, कपिलवस्तुमा ११५ र चितवनमा १७५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ३७ जनाको मृत्यु भएको छ । थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोनाको कारण ३ हजार ३६२ जनाको मृत्यु भएको छ ।